जिपी कोइराला प्रोफेसनल आइटिएफ तेक्वान्दो च्याम्पियनसिप चैत्र ५ र ६ मा

फाउन्डेसनले चैत्र ५ र ६ गते दशरथ रङ्गशाला त्रिपुरेश्वर, काठमाडौँमा प्रतियोगिताको आयोजना गर्न लागेको जानकारी दिएको छ। प्रतियोगितामा ७ प्रदेश २ विभागीय टिमका (त्रिभुवन आर्मी क्लब र सशस्त्र प्रहरी बल क्रमशः ३/३ जना महिला/पुरुष, महिला तौल समूह ४७–५५ केजी, पुरुष तौल समूह ५५–६३ केजी) खेलाडीहरूको सहभागिता रहने र विजेता खेलाडीले क्रमशः ५ सय , ३ सय र २ सय अमेरिकी डलर पुरस्कार पाउने आयोजकले जानकारी दिएको छ।
पत्रकार सम्मेलनमा बोल्दै फाउन्डेसनका खेलकुद विभाग सह–संयोजक तथा कार्यक्रममा प्रमुख अतिथि धर्मराज गिरीले कोइराला फाउन्डेसन नाफारहित स्वतन्त्र संस्था रहेको बताए।
फागुन ३०, २०७८ सोमबार २१:२७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।