एमसिसीको भ्रम चिर्न कांग्रेले बनायो ४८ पृष्ठको पुस्तिका, स्थानीय तहमा बाँड्ने तयारी

एमसिसीको भ्रम चिर्न कांग्रेले बनायो ४८ पृष्ठको पुस्तिका, स्थानीय तहमा बाँड्ने तयारी

एमसिसी सहायता सम्झौता : भ्रम र यथार्थ लेखिएको पुस्तकमा एक दशक लामो सम्झौता प्रक्रियामा संलग्न केही पार्टी र पात्रहरूको दोहोरो प्रवृत्तिका कारण यो सम्झौता गिजोलिदा वास्तविकता भन्दा भ्रम धेरै जेलिएको दाबी गरिएको छ।

'जो जसले यसलाई गिजोल्ने, जनतामा भ्रम सृजना गरेर उत्तेजनाको राजनीति गर्दै दोहोरो चरित्र देखाए यसको मूल्याङ्कन आम जनताले गर्ने नै छन्,' पुस्तिकामा उल्लेख छ' नेपालका कम्युनिस्ट पार्टी यस्तै उत्तेजनामा आएर २६ वर्ष अगाडि अरुण तेस्रो आयोजना गुमाउनु परेको थियो। उत्तेजना अनि भ्रमको राजनीति गर्ने प्रवृत्तिलाई यत्तिकै छाडियो भने फेरी जुरमुर्याउन थाल्छ। यो प्रवृत्तलाई निरुत्साहित गर्नैपर्छ।'

यो अनुदान सहायता नेपालको संविधान, कानुन, परराष्ट्र नीति, आर्थिक कूटनीति र राष्ट्रिय हित अनुकूल भएकोले यसको कार्यान्वयन हुनुपर्ने धारणामा कांग्रेस प्रतिपक्षमा रहँदा पनि प्रस्ट रहेको र सरकारमा रहँदा पनि प्रस्ट रहेको पुस्तिकामा उल्लेख छ।

कांग्रेस सबै विषयमा अन्तर्राष्ट्रिय सहयोग नलिई आफैँ आत्मनिर्भर हुनुपर्छ भन्नेमा प्रस्ट भए पनि स्रोतको अभावमा अन्तर्राष्ट्रिय सहयोग लिनु पर्ने बाध्यता रहेको उसले उल्ले गरेको छ।

'हाम्रा विकासका आकाङ्क्षा असीमित छन्। हामीलाई सडक चाहिएको छ। बिजुली चाहिएको छ, प्रसारण लाइन चाहिएको छ, विद्यालय भवन चाहिएको छ। अस्पताल चाहिएको छ। तर आन्तरिक स्रोतले चालु खर्च पनि धान्न सक्ने अवस्था छैन,' पुस्तिकामा भनिएको छ' विकासको यो आकाङ्क्षालाई सम्बोधन गर्ने हो भने अन्तर्राष्ट्रिय सहयोग र सहायता लिनुपर्ने अवस्था छ।'

पुस्तिकाको पूर्ण पाठ

फागुन ३०, २०७८ सोमबार २१:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।