सोमबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

सोमबार थप ५८ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा थप ५८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३५३९ पिसिआर र १८७९ जनाको एन्टिजेन परीक्षण गर्दा ५८ जनामा संक्रमण पुष्टि भएको हो।

सोमबार देशभर १४८ जना कोरोना संक्रमण मुक्त भएका छन् भने कसैको पनि मृत्यु भएको छैन। हालसम्म नेपालमा कोरोनाबाट ११ हजार ९५० जनाले ज्यान गुमाएका छन्।

हाल देशभर ४ हजार ८१९ जना सक्रिय संक्रमित रहेका मन्त्रालयले जनाएको छ। काठमाडौँ उपत्यकामा २६ जना कोरोना संक्रमित थपिएका छन्। संक्रमितमध्ये  काठमाडौंमा २५ र ललितपुरमा १ जना थपिएका हुन्।

फागुन ३०, २०७८ सोमबार १७:०३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।