जीत-हार एउटा पाटो हो, परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गरौँः नेता सिटौला

जीत-हार एउटा पाटो हो, परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गरौँः नेता सिटौला

काठमाडौँ : नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आगामी स्थानीय तह निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्। 

झापाको बिर्तामोडस्थित डोमालाल रङ्गशालामा आयोजित नेपाल आइस पाँचौँ झापा गोल्डकपको समापन समारोहलाई सम्बोधन गर्दै उनले सो धारणा राखेका हुन्। । “मुलुक निर्वाचनमा प्रवेश गरिसकेको छ,” उनले भने, “आचारसंहिताको पूर्णपालना गर्दै निर्वाचनलाई स्वच्छ, निष्पक्ष र पारदर्शी बनाउन आग्रह गर्छु।”

दुई महिनाभित्र निर्वाचन सम्पन्न हुने बताउँदै उनले नेपाल अनुशासित लोकतान्त्रिक पद्धति र प्रगतिको मार्गमा अघि बढिरहेको सन्देश विश्वलाई दिनुपर्ने उल्लेख गरे। “जीत-हार एउटा पाटो हो,” उनले भने, “परस्परमा हार्दिकता राखेर चुनाव सम्पन्न गर्नुपर्छ।”

नेता सिटौलाले खेलकुदको विकासमा सबै राजनीतिक दल, सङ्घसंस्था लाग्नुपर्नेमा पनि जोड दिए। डोमालाल रङ्गशालाको संरक्षणमा सबैलाई जुट्न आग्रह गर्दै उनले यसका लागि स्थानीय तहले विशेष पहल गर्नुपर्नेमा जोड दिए। 

फागुन ३०, २०७८ सोमबार १६:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।