
बैंकिङ कसुर मुद्दामा फरार राधा पक्राउ

काठमाडौँ : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई राधा माताङ्गी पक्राउ परेकी छन् । बैंकिङ कसुरमा १९ लाख रुपैयाँ जरिवाना र ५ दिन कैद सजाय तोकिएकी ४१ वर्षीया माताङ्गीलाई केन्द्रीय अनुसन्धान ब्युरोले सोमबार भक्तपुरको सूर्यविनायकबाट पक्राउ गरेकाे हाे।
ललितपुर महानगरपालिका–६ घर भई हाल भक्तपुर उपमहानगरपालिका–११, कमलविनायक बस्ने राधा माताङ्गीले सानिमा बैंक लिमिटेड, सुर्यविनायक शाखाको खाताबाट रकम भुक्तान हुने भनी पीडितलाई चेक दिएकी थिइन्। तर उक्त बैंक खातामा पर्याप्त मौज्दात रकम नभएको भन्दै बैंकले फर्काइदिएपछि पीडितले प्रहरीमा जाहेरी दिइन्। यो विषयमा प्रहरीले पाटन उच्च अदालतमा मुद्दा चलाएको थियो। अदालतले राधालाई १९ लाख जरिवाना र ५ दिन कैद हुने फैसला २०७७ साउन २० गते सुनाएको थियो।
फैसला कार्यान्वयनका लागि पक्राउ परेकी राधालाई ललितपुर जिल्ला अदालतमा पेस गरिएको ब्युरोका प्रहरी उपरीक्षक श्यामकुमार महतोले जानकारी दिए।
फागुन ३०, २०७८ सोमबार १५:३२:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।