किभको आवासीय क्षेत्रमा रुसी हमला, कम्तीमा दुईको मृत्यु, १२ घाइते

किभको आवासीय क्षेत्रमा रुसी हमला, कम्तीमा दुईको मृत्यु, १२ घाइते
फाइल तस्बिर

एजेन्सी : युक्रेनको राजधानी किभमा अवस्थित एक आवासीय भवनमा भएको हवाई आक्रमणमा परी कम्तीमा दुई जनाको मृत्यु भएको छ। किभको ओबोलोन आवासीय भवनमा भएको आक्रमणमा परी अन्य १२ जना घाइते भएका छन्। 

स्थानीय समयानुसार सोमबार बिहान ७ः३० बजे  दुई जनाको शव नाैँ तले अपार्टमेन्टमा फेला परेको हाे। अन्य तीन जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको छ भने नौ जनाको घटनास्थलमा उपचार गरिएको छ। 

रुसले युक्रेनमा गत फेब्रुअरी २४ बाट आक्रमण शुरु गरेको थियो। सो समयदेखि हालसम्म भएका आक्रमणहरुमा परी सयौं नागरिकको मृत्यु भएको छ। यसमा बालबालिका समेत रहेका छन्। युक्रेनमा जारी रहेको आक्रमणको कारण २५ लाख भन्दा बढी सर्वसाधारण शरणार्थीको रुप छिमेकी देशमा पुग्न बाध्य भएका छन्। 

फागुन ३०, २०७८ सोमबार १४:४८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।