
निर्वाचन आयोग भन्छ : इभीएम मेशिन प्रमाणित गर्ने निकाय छैन

काठमाडौँ : निर्वाचन आयोगले वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विद्युती मेशिन प्रयोग नगर्ने भएको छ। कागजी मतपत्रभन्दा विद्युतीय मतदान महँगो हुने भएकाले अहिलेको चुनावमा सम्भव नभएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
विद्युतीय मतदानको लागि आयोगले विज्ञ टोली गठन गरेको थियो। सञ्चार मन्त्रालयका सहसचिव अनिलकुमार दत्तको संयोजकत्वमा गठन भएको विज्ञ टोलीले विद्युतीय मतदानमा जानुपर्ने सुझावसहितको प्रतिवेदन आयोगलाई बुझाइसकेको छ ।
प्रवक्ता शर्माले भने, निर्वाचनमा ‘विश्वसनीयता भनेको ठूलो कुरा हो। मतदातालाई हालेको ठाउँमा भोट गयो कि गएन उसलाई विश्वास हुनुपर्छ, उम्मेदवारलाई मतदाताले हालेको मत मलाई आयो कि आएन भनेर विश्वास हुनुपर्छ।
आयोगलले विश्वास भयो कि भएन त्यो प्रमाणित हुनुपर्छ। ती तमाम कुराहरू छन्।’ प्रवक्ता शर्माले भने, एभीएम प्रमाणीकरण गर्ने निकाय नभएको आयोगको बहना छ। ‘मेशिनको प्रमाणीकरणको कुरा छ। कसले प्रमाणीकरण गर्ने ? प्रमाणीकरण गर्ने विश्वसनीय संस्था हुनुपर्याे । त्यो संस्था छैन। गुणस्तर विभागले त्यो प्रमाणीकरण गर्न सक्दैन। प्रवक्ता शर्माले भने, आयोगले मतपत्रबाटै निर्वाचन गराउन सात सय मेट्रिक टन कागज खरिदको टेन्डर आव्हान गरिसकेको छ।
फागुन ३०, २०७८ सोमबार १४:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।