आफ्नै श्रीमानको हत्या आरोपमा श्यामकुमारी पक्राउ

आफ्नै श्रीमानको हत्या आरोपमा श्यामकुमारी पक्राउ

नवलपरासीपूर्वः आफ्नै श्रीमानको हत्या आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। ६५ वर्षीय चमनसिंह भिरकट्टाको हत्या गरेको अभियोगमा बुलिङटार गाउँपालिका-५ राईकोट बस्ने ६५ वर्षीया श्यामकुमारी भिरकट्टालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो। 

श्यामकुमारीले घरायसी विवादको क्रममा बञ्चरो प्रहार गर्दा गम्भीर घाइते भएका चमनसिहंको मध्यविन्दु जिल्ला अस्पताल डण्डामा उपचारको क्रममा मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय रुद्रपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

फागुन ३०, २०७८ सोमबार १२:५०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।