सुनको मूल्यमा थोरै राहत, प्रतितोला पाँच सयले घट्यो

सुनको मूल्यमा थोरै राहत, प्रतितोला पाँच सयले घट्यो

काठमाडौंः नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला पाँच सयले घटेको छ। आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार तीन सय रुपैयाँ कायम भएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख एक हजार आठ सय तोकिएको छ।

आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार चार सय १५ तोकिएको महासङ्घले जनाएको छ। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस एक हजार नौ सय ७३ डलर आसपास कारोबार भइरहेको छ।

फागुन ३०, २०७८ सोमबार १२:४२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।