कलैयाका मेयर यादव, बारा कांग्रेस सभापतिमा विजयी

कलैयाका मेयर यादव, बारा कांग्रेस सभापतिमा विजयी

बाराः नेपाली कांग्रेस बाराको सभापति पदमा राजेशराय यादव विजयी भएका छन्। आइतबार सम्पन्न दोस्रो चरणको निर्वाचनमा उनी एक हजार दुई सय ६ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।

उनका प्रतिद्वन्द्वी शम्भुबहादुर बुढाथोकीले एक हजार एक सय ५४ मत पाएका थिए। कलैया उपमहानगरपालिकाका मेयर समेत रहेका यादवले निर्वाचित भएपश्चात् स्थानीय तहको निर्वाचनमा पार्टीलाई पहिलो बनाउन लागिपर्ने बताएका थिए।

सभापति निर्वाचित यादव र पराजित बुढाथोकी दुवै शेरबहादुर देउवा पक्षका नेता हुन्।

फागुन ३०, २०७८ सोमबार ०९:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।