कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जङ्गबहादुर लामा

कांग्रेस सिन्धुपाल्चोकको सभापतिमा जङ्गबहादुर लामा

सिन्धुपाल्चोकः नेपाली कांग्रेस सिन्धुपाल्चोक जिल्ला सभापतिमा जङ्गबहादुर लामा विजयी भएका छन्। कुल नौ सय १२ मत प्राप्त गर्दै लामा विजयी भएका हुन्।

उनका प्रतिद्वन्द्वी वंशलाल तामाङले आठ सय ४८ मत प्राप्त गरेका थिए। यसअघि भएको पहिलो चरणको मतदानमा कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि आइतबार दोस्रो चरणको मतदान भएको हो।

मतदानमा कुल एक हजार सात सय ८३ मत खसेको थियो। सभापति निर्वाचित लामा शेरबहादुर देउवा पक्षका हुन्।

फागुन ३०, २०७८ सोमबार ०९:०१:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।