
कांग्रेस सर्लाहीको नेतृत्त्वमा सुरेन्द्रप्रसाद सिंह

सर्लाहीः नेपाली कांग्रेस सर्लाही जिल्ला समितिको सभापतिमा सुरेन्द्रप्रसाद सिंह निर्वाचित भएका छन्। कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत भएको जिल्ला अधिवेशनमा संस्थापन पक्षका सिंह विजयी भएका हुन्।
उनले कुल एक हजार सात सय ५८ मत ल्याउँदै प्रतिस्पर्धी लक्ष्मण रायलाई तीन सय ८० मतान्तरले पराजित गरेका हुन्।
सभापतिमा पराजित रायलाई जिल्लाका प्रभावशाली नेता अमरेशकुमार सिंहको समर्थन थियो।
यता अन्य पदाधिकारीमा उपसभापतिमा सरोजकुमार (राजु) र नवीप्रसाद अधिकारी विजयी भएका छन्। सचिवमा निरज कार्की र मनोजकुमार यादव विजयी भएका छन्।
सहसचिवमा इन्द्रबहादुर योञ्जन र सुनिलकुमार कुशवाह विजयी भएका छन्।
फागुन ३०, २०७८ सोमबार ०८:१३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।