पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको छ। हाल बंगलादेशको तथा आसपासका क्षेत्रमा निम्न चापीय प्रणाली रहेको कारण मौसममा थोरै बदली हुने भएको हो।

यतिबेला देशभर मौसम सामान्यतया सफा रहेको छ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक बदली र अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागको एक वा दुई स्थानमा मेघ गर्जन/चटयाङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आज राति देशभर मौसम सामान्यतया सफा रहने छ।

फागुन ३०, २०७८ सोमबार ०६:५९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।