नबिल र एनबी गाभिने पक्का, राष्ट्र बैंकले दियो सहमति

नबिल र एनबी गाभिने पक्का, राष्ट्र बैंकले दियो सहमति

काठमाडौँ : नेपाल राष्ट्र बैंकले नेपाल बङ्गलादेश बैंक गाभ्न नबिल बैङ्कलाई सैद्धान्तिक सहमति दिएको छ। आइतबार राष्ट्र बैंकले नबिल बैङ्कलाई एनबी बैंक गाभ्ने सैद्धान्तिक सहमति दिएको हो।

नबिलका लगानीकर्ता चौधरी समूहलाई एनबि बैङ्कको सेयर किन्न सहमति दिँदा नै गाभ्ने सर्त राखेको थियो। नबिलले सर्त स्वीकार गरेपछि मात्र एनबीमा रहेको विदेशी लगानीकर्ताको सेयर किन्ने अनुमति पाएको थियो।

नबिलले  पुस २९ मै एनबी बैङ्कलाई गाभ्न प्रारम्भिक सम्झौता गरेको थियो। तर सेयर खरिद प्रकरणले कर्पोरेट वार निम्त्याएपछि राष्ट्र बैङ्कबाट अनुमति आउन ढिला भएको हो। आइतबारको सहमतिपछि अब बैंक गाभ्ने प्रक्रियाले तीव्रता पाउने भएको छ।

एनबी बैंक गाभेपछि नबिल चुक्ता पुँजी, कर्जा लगानी, निक्षेप परिचालन, खुद मुनाफा लगायतका वित्तीय सूचकमा नेपालको अग्रणी बैंक हुनेछ।

अहिले नबिलको चुक्ता पुँजी१८ अर्ब ५० करोड बराबर छ। एनबी बैङ्कको करिब १० अर्ब ९ करोड छ। दुवै बैंक गाभिएपछि सहमति अनुसारको स्वाप रेसियो अनुरूप बैङ्कको चुक्ता पुँजी करिब २३ अर्बको हुनेछ। स्वाप रेसियोमा नबिलको सय कित्ता बराबर एनबीको ४३ कित्ता हुनेछ।

फागुन २९, २०७८ आइतबार २१:५२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।