
स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय सरकार लोकतन्त्रको पहिलो पाठशाला र जनताको घर-आँगनकै सरकार भएकाले स्थानीय तहको भूमिका जवाफदेही हुनुपर्ने बताएका छन्।
नेपाल नगरपालिका संघको २९औँ स्थापना दिवसका अवसरमा आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले स्थानीय सरकारले जनताको अपेक्षा र भावना बमोजिमको काम गर्नुपर्ने धारणा राखे।
'स्थानीय सरकारका काम र प्रदान गरेको सेवा-सुविधाको आधारमै जनताले सरकारप्रतिको समग्र धारणा निर्माण गर्ने हुन्। त्यसैले पालिकाहरूले जनताको मन जित्ने गरी काम गर्न आवश्यक छ,' उनले भने।
प्रधानमन्त्री देउवाले सबै नगरपालिकालाई सहरको मौलिक पक्षमा नकारात्मक असर नपर्ने गरी सहरलाई स्वच्छ, सुरक्षित आवासस्थलका साथै आर्थिक क्रियाकलापको हबका रूपमा विकास गर्न एकापसमा समन्वय मिलाइ कार्य गर्न आग्रह गरेका थिए।
फागुन २९, २०७८ आइतबार १९:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।