लिङदेनको दाबी : थापाले राप्रपा छाडेपछि पार्टी बलियो भयो

लिङदेनको दाबी : थापाले राप्रपा छाडेपछि पार्टी बलियो भयो

सुर्खेत: राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले कमल थापाले राप्रपा छाडेपछि पार्टी थप  बलियो बनेको दाबी गरेका छन्।

सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै उनले थापाले पार्टी छोड्दा राप्रपा थप बलियो बनेको बताए। उनले पार्टीलाई थप बलियो शक्तिका रूपमा बदल्ने दाबी गरे।

पार्टीको महाधिवेशनमा अध्यक्षमा पराजित भएपछि थापाले निर्मल निवासको हस्तक्षेप गरेको भन्दै राप्रपा नेपाललाई सक्रिय बनाइरहेका छन्।

उनले यसले राप्रपा कमजोर नहुने दाबी समेत गरे। उनले आगामी वैशाख ३० को स्थानीय तहको निर्वाचनलाई राप्रपाले शक्ति प्रदर्शन गर्ने माध्यमका रूपमा लिएको पनि बताए।

उनले स्थानीय तह निर्वाचनमा राप्रपाको शक्ती प्रदर्शन हुने बताए। उनले जुन ठाउँमा राप्रपाले जित्छ त्यहीबाट नयाँ संस्कारको राजनीति सुरु गर्ने दाबी समेत गरे।

फागुन २८, २०७८ शनिबार १३:४४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।