रुसी आमाहरूलाई जेलेन्स्कीको आग्रह: आफ्ना सन्तानलाई युद्धमा नपठाउनुस्

रुसी आमाहरूलाई जेलेन्स्कीको आग्रह: आफ्ना सन्तानलाई युद्धमा नपठाउनुस्

एजेन्सीः युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले रुसी आमाहरूलाई आफ्ना सन्तानलाई युद्धमा नपठाउन आग्रह गरेका छन्। शुक्रबार एक भिडियो सन्देशमार्फत उनले यस्तो बताएका हुन्।

उनले भनेका छन्, 'म पुनः एकपटक रुसी आमाहरूलाई यो भन्न चाहन्छु कि आफ्ना सन्तानलाई कुनै विदेशी भूमिमा युद्ध गर्न नपठाउनुस्।' उनीहरूलाई कतै तालिममा पठाइएको भन्ने कुरामा पनि विश्वास नगर्न जेलेन्स्कीले आग्रह गरेका छन्।

यस्तै यदि उनीहरूलाई युक्रेनमा लडाइँ गर्न पठाउने जानकारी पाएमा तुरुन्तै रोक्न पनि जेलेन्स्कीले माग गरेका छन्।

फागुन २८, २०७८ शनिबार १३:१६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।