
ठगी आरोपमा तुलसीपुरका मेयरका छोरा पक्राउ

काठमाडौं: डेढ करोड ठगी आरोपमा दाङका ठेकेदार अनुप पाण्डे पक्राउ परेका छन्। उनलाई केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले काठमाडौंको काँडाघारीबाट पक्राउ गरेको हो।
पाण्डेविरुद्ध घोराही उपमहानगरपालिकाका इन्चार्ज गेहेन्द्र बस्नेतले ठगी गरेको बताउँदै उजुरी दर्ता गराएका थिए।
घोराही-तुलसीपुर सडक निर्माणको क्रममा पाण्डेले घोराही उप-महानगरपालिका- १५ भरतपुरका व्यवसायीको टिपर प्रयोग गरेको र भाडा तथा इन्धनबापतको एक करोड ४४ लाख रुपैयाँ नदिएको आरोप छ।
उनी तुलसीपुर उपमहानगरपालिकाका मेयर एवम् एमाले नेता घनश्याम पाण्डेका छोरा हुन्।
फागुन २८, २०७८ शनिबार १२:४४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।