
सरकारको एक्लो प्रयासले नयाँ शहर निर्माण हुँदैन, दीर्घकालीन नीतिको खाँचो छः मन्त्री झाँक्री

काठमाडौंः शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नयाँ शहर निर्माणका लागि सरकार एक्लैको प्रयासले नहुने बताएकी छिन्। समाजवादी सङ्गठन नेपाल कैलालीद्वारा आज धनगढीमा आयोजित पत्रकार सम्मेलनमा उनले नयाँ शहर निर्माणका लागि आवश्यक बजेट र नीतिको खाँचो रहेको बताएकी छिन्।
उनले नयाँ शहर निर्माणका लागि दीर्घकालीन नीति बनाएर अघि बढ्नुपर्ने पनि बताएकी छिन्। मन्त्री झाँक्रीले निजी क्षेत्रलाई पनि समेटेर लैजानुपर्नेमा जोड दिएकी छिन्।
“पछिल्लो पटक ग्रामीण क्षेत्रबाट शहरमा बसाइँसराइ हुनेक्रम बढ्दै गएकाले त्यसलाई रोक्न ग्रामीण शहरीकरणको विकासलाई प्राथमिकता दिनुपर्दछ”, उनले भनिन्, “ग्रामीण शहरीकरणले स्थानीयस्तरमा रोजगारीका अवसर सिर्जना गर्ने भएकाले दीर्घकालीन नीति बनाएर अघि बढ्ने तयारी सरकारको छ।”
यस्तै उनले बजेटको अभाव हुँदा नयाँ शहर निर्माणको कामले गति लिन नसकेको उल्लेख गर्दै विकास आयोजनामा गरिने राजनीतिको अन्त्य हुनुपर्नेमा जोड दिएकी छिन्।
फागुन २८, २०७८ शनिबार १२:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।