युक्रेन पुगेका भारतीय पत्रकारको दावी: दोस्रो विश्वयुद्धपछिकै ठूलो प्रोपागाण्डा

युक्रेन पुगेका भारतीय पत्रकारको दावी: दोस्रो विश्वयुद्धपछिकै ठूलो प्रोपागाण्डा

एजेन्सीः पश्चिमा सञ्चारमाध्यम तथा युक्रेनी अधिकारीहरूले बारम्बार रुसले युक्रेनका नागरिकको सम्पत्तिमा क्षति पुर्याइरहेको बताइरहँदा भारतीय पत्रकारले भने यसको खण्डन गरेका छन्। युक्रेन पुगेका करिब ७० देशका १०० पत्रकारहरूको टोलीमा सम्मिलित भारतीय पत्रकार राजेश पावरले यो सबै प्रोपागाण्डा भएको बताएका छन्।

रुसी सरकारी सञ्चारमाध्यम स्पुतनिकमा यसबारे उल्लेख गरिएको छ। स्पुतनिकका अनुसार पावरले यो तहको प्रोपागाण्डा दोस्रो विश्वयुद्धयता नभएको पनि बताएका थिए। इण्डिया टुडे न्युज च्यानलमा कार्यरत पत्रकार पावरले प्रत्यक्ष रिपोर्टिङका क्रममा रुसले युक्रेनमा भ्याक्युम बम प्रहार गरेको कुरा पनि झुटो रहेको बताएका हुन्।

रुसी सेनाको गोलावारीले कुनै क्षति नभएको उनले बताएका थिए।

यता युक्रेनले भने गैरसैनिक क्षेत्रमा गोलावारी गरिँदा सयौँ आम नागरिकको ज्यान गएको बताउँदै आएको छ। रुसले यसको विरोध गर्दै आएको छ।

फागुन २८, २०७८ शनिबार ११:३२:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए ukeraanews@gmail.com मा पठाउनु होला।