
चितवनमा मोटरसाइकल दुर्घटना: आमा-छोरासहित एकै परिवारका तीन जनाको मृत्यु

चितवनः मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। इच्छाकानमा गाउँपालिका- २ रमाइलो डाँडास्थित भित्री सडकखण्डमा इच्छाकामना- २ वल्र्याङबाट शक्तिखोरतर्फ जाँदै गरेको प्रदेश२–०३–००२प ५९८६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार दुर्घटना हुँदा घटनास्थलमै मोटसाइकलमा सवार तीन जनाको मृत्यु भएको हो।
मृत्यु हुनेमा चितवन इच्छाकामना–३ की ३० वर्षीया तृकी गुरुङ र उनका छोरा ५ वर्षीय आरोन गुरुङ र इच्छाकामना–२ बस्ने वर्ष ३४ को नवीन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायब उपरीक्षक नरहरि अधिकारीले बताए।
नवीन गुरुङ नाताले तृकी गुरुङका भदा हुन्।
मोटरसाइकल सडकबाट अन्दाजी ३०० मिटर तल खसेको थियो। उनीहरूको शव परीक्षणको लागि भरतपुर अस्पतालमा पठाइएको प्रवक्ता अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
फागुन २८, २०७८ शनिबार ०८:४३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।