
कांग्रेस धनुषाको सभापतिमा निधि पक्षका पजियार निर्वाचित

धनुषाः नेपाली कांग्रेस धनुषाको सभापतिमा योगेन्द्र पजियार निर्वाचित भएका छन्। हिजो सम्पन्न दोस्रो चरणको निर्वाचनपछि शेरबहादुर देउवा पक्षका सन्तोष यादवलाई हराउँदै पजियार विजयी भएका हुन्।
सभापति निर्वाचित पजियार नेता विमलेन्द्र निधि पक्षका हुन्। पहिलो चरणको मतदानपछि तेस्रो हुँदै प्रतिस्पर्धाबाट बाहिरिएका शेखर कोइराला पक्षका दिनेश पर्सैलाले पनि पजियारलाई नै समर्थन गरेपछि उनको जित पक्का भएको थियो।
पजियारले कुल खसेको दुई हजार आठ सय १४ मतमा एक हजार सात सय ३५ मत ल्याए भने यादवले एक हजार ४६ मत ल्याएका हुन्।
फागुन २८, २०७८ शनिबार ०८:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।