भन्सार एजेन्टको आजका लागि तय भएको परीक्षा स्थगित

भन्सार एजेन्टको आजका लागि तय भएको परीक्षा स्थगित

काठमाडौंः उच्च अदालत पाटनले अल्पकालीन अन्तरिम आदेश जारी गरेपछि भन्सार एजेन्टको लिखित परीक्षा स्थगित भएको छ। परीक्षा आज दिउँसो २ बजेका लागि तय भएको थियो।

भन्सार विभागका अनुसार चैत ६ गतेसम्मका लागि परीक्षा स्थगित गरिएको हो। गत चैत १७ गते भन्सार एजेन्टको ६ सय ६० पदका लागि इजाजत पत्रका लागि दरखास्त आह्वान गरिएको थियो।

त्यसमा कुल ९ हजारले आवेदन दिएका थिए। परीक्षा अर्को सूचना नआउञ्जेल स्थगित गरिएपछि आवेदन दिएकाहरू अलमलमा परेका छन्।

फागुन २८, २०७८ शनिबार ०८:०८:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।