
आज राति मौसम सफा रहने, दिउँसो प्रदेश १ र गण्डकीमा वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज राति देशभरको मौसम सफा रहने जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव क्रमशः सामान्य प्रभाव हुँदै गएको कारण मौसम सुधार हुने क्रममा छ।
यतिबेला देशको गण्डकी तथा कर्णाली प्रदेशका उच्च पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो प्रदेश १, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ। प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।
प्रदेश १, बाग्मती र गण्डकी प्रदेशको उच्च हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राती देशभर मौसम सामान्यतया सफा रहनेछ।
फागुन २८, २०७८ शनिबार ०७:५१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।