सशस्त्र प्रहरी हवल्दार नै ब्राउन सुगर र्‍याकेटका नाइके, झापामा बसेर काठमाडौँ सप्लाई

सशस्त्र प्रहरी हवल्दार नै ब्राउन सुगर र्‍याकेटका नाइके, झापामा बसेर काठमाडौँ सप्लाई

काठमाडौँ : भारतीय नागरिकसँग मिलेर नेपालमा खैरो हेरोइन भित्र्याउन संलग्न रहेको आरोपमा प्रहरीको लागु औषध नियन्त्रण ब्युरोले सशस्त्र प्रहरी बलका हवल्दारलाई पक्राउ गरेको छ। भारतबाट नेपालमा खैरो हेरोइन भित्र्याएर विक्री गर्ने र सेवन गर्ने समूहको खोजीका क्रममा ब्युरोले एकै समूहका ११ जना पक्राउ गरेको थियो।

प्रहरीले झापामा बसेर काठमाडौँसम्म ब्राउन सुगर पठाउनेमा भुजेल मुख्य योजनाकार रहेको खुलाएको छ। तीन सय २२ ग्राम खैरो हेरोइन फेला पर्दा प्रहरीले सशस्त्र प्रहरी बल   २ नम्बर  झापामा कार्यरत वर्ष ३९ को सशस्त्र प्रहरी हवल्दार भुजेलले भारतीय नागरिक श्यामल सिंहसँग खैरो हेरोइन किनेर नेपाली कारोबारीलाई दिने गरेको खुलेपछि ब्युरोले शुक्रवार समूहका सबैलाई सार्वजनिक गरेको हो।


ब्युरोका अनुसार २०७८ माघ २४ मा बुढानीलकण्ठमा लाल बहादुर बुढाथोकी एक सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेपछि प्रहरी यो समूहको खोजीमा खटिएको थियो।  २४  मा कौशल बस्नेत र समीर घले गुरुङ बुढानीलकण्ठमा खैरो हेरोइन २१ ग्राम सहित पक्राउ परे।

२५ मा बुढानीलकण्ठमा कौशल बस्नेतलाई लागु औषध उपलब्ध गराउने अन्जान राई र उनको सहयोगी झापा बुद्धशान्तीका सञ्जय लक्सम्बा लिम्बुलाई  ७.५ ग्राम हेरोइन सहित समातिए। २६ मा झापा बिर्तामोडका प्रविन भण्डारी पक्राउ परे। २६ गते नै धुम्बाराही स्थित गेस्ट हाउसबाट अन्जान राईलाई लागु औषध उपलब्ध गराउने झापा बिर्तामोडका कर्मा भन्ने अजय तामाङलाई  लागु औषध खैरो हेरोइन २ सय ९४ ग्राम  सहित पक्राउ गरियो।

सोही दिन बिर्तामोडबाटै पुकार गुरुङ २७ गते झापाका कौशल बस्नेतलाई लागु औषध उपलब्ध गराउने दमकै सुनिल ताज पुरिया पक्राउ परेका थिए। फागुन १ गते प्रहरीले  दार्जिलिङ खोरीबारी थाना गोरसिंहजोत पानी टाङकीका श्यामल सिंहलाई पक्राउ गर्यो। ताजपुरियालाई खैरो हेरोइन दिनेको खोजी गर्दा फागुन १६ मा खगेन्द्र भुजेल पक्राउ परेका थिए।

यस्तो थियो कारोबार जालो

ब्युरोले सार्वजनिक गरेको विवरण अनुसार लाल बहादुर बुढाथोकी लागु औषध प्रयोगकर्ता समेत भएकाले उनले कौशलसँग किनेर खाने गरेका थिए। कौशलले अन्जान राईसँग हेरोइन किनेर आफु पनि खाने अनी समिर गुरुङ मार्फत बिक्रि गर्ने गरेका थिए।

अन्जान राईले प्रवीण भण्डारीसँग खैरो हेरोइन  अर्डर गर्ने र कर्मा भन्ने अजय तामाङले प्रवीणसँग खैरो हेरोइन  लिई काठमाडौँसम्म ल्याएर अन्जान राईलाई उपलब्ध गराउने गरेका थिए। अन्जानले हेरोइन किन्न  सञ्जय लिम्बुको खाता मार्फत पुकार गुरुङलाई पैसा पठाउने र पुकारले सो पैसा निकालेर प्रवीणलाई दिन्थे। प्रविणले त्यही पैसाले हेरोइन किनेर अञ्जनलाई पठाउँथे। 

प्रहरीका अनुसार प्रबिणले भारत सिलगुडीमा गएर खैरो हेरोइन किनेर कर्मा भन्ने अजय तामाङ मार्फत अन्जान राईलाई बिक्री गर्ने गरेका थिए। कौशल बस्नेतले सुलिल ताजपुरियासँग समेत लागु औषध खैरो हेरोईन  किन्रे गरेका थिए। सुनिल ताजपुरीयाले शसस्त्र प्रहरी हवल्दार खगेन्द्र भुजेलमार्फत भारतिय नागरिक श्यामल सिंहसँग खैरो हेरोइन किनेर कौशललाई दिने गरेका थिए। 

फागुन २७, २०७८ शुक्रबार २१:४९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।