
तीन महिनापछि माओवादी कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन

सुर्खेत : माओवादी केन्द्र कर्णाली प्रदेश कमिटीको पदाधिकारी चयन भएका छन्। पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी प्रशिक्षण तथा अभिमुखीकरण भेलाले पदाधिकारीको टुङ्गो लगाएको हो।
गत मङ्सिर २१ मा प्रदेश अधिवेशनको पहिलो बैठकबाट विमला केसीलाई अध्यक्षमा चयन गरिएको थियो। अन्य पदाधिकारीको टुङ्गो लाग्न सकेको थिएन। प्रदेश कमिटीको उपाध्यक्षमा कर्णबहादुर बुढाथोकी (सल्यान), ढकवीर राना (जाजरकोट), कृष्ण जिसी (सुर्खेत), सचिवमा धनजित शाही (कालिकोट)लाई सर्वसम्मत चयन गरिएको नवनिर्वाचित उपाध्यक्ष कृष्ण जिसीले जानकारी दिए।
यस्तै सह–सचिव वीरबहादुर कुँवर (जुम्ला), लालकेश जैसी (हुम्ला),विर्खबहादुर थापा (मुगु), कोषाध्यक्ष मालबहादुर रोका (डोल्पा) लाई जिम्मेवारी प्रदान गरिएको छ । अन्य सदस्यहरू भने अधिवेशनबाट नै चयन गरिएको थियो।
फागुन २७, २०७८ शुक्रबार २१:०३:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।