स्थानीय तहको निर्वाचनमा साढे ८ लाख मतदाता थपिए, सबैभन्दा धैरै मोरङमा 

स्थानीय तहको निर्वाचनमा साढे ८ लाख मतदाता थपिए, सबैभन्दा धैरै मोरङमा 

काठमाडौँ : निर्वाचन आयोगले मंसिर १७ देखि पुस १९ गतेसम्म गरेको मतदाता नामावली संकलनमा ८ लाख ५० हजार नयाँ मतदाता थपिएका छन्। आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले १७ राजनीतिक दलका पदाधिकारीबीच आज आयोगमा गरेको छलफलमा सो जानकारी गराइएको हो।

८ लाख ५० हजार नयाँ मतदाता थपिएसँगै अब कुल मतदाता संख्या एक करोड ७८ लाख ३४ हजार ७६५ पुगेको छ। 

आयोगका अनुसार सबैभन्दा बढी ७ लाख १७ हजार ६७ मतदाता मोरङ, ६ लाख ५० हजार २५८ मतदाता झापामा रहेका छन भने संघीय राजधानी काठमाडौँ ६ लाख ४० हजार ५८मतदाताका साथ तेस्रो स्थानमा परेको छ। 

मनाङ, मुस्ताङ र डोल्पामा क्रमशः कम मतदाता रहेको आयोगको विवरणले देखाएको छ । मनाङमा ६५७१, मुस्ताङमा १०७९० र डोल्पामा २२६५१ मतदाता रहेका छन् । 

यस्तै काठमाडौँ महानगरपालिकामा सबैभन्दा बढी तीन लाख ५८७ मतदाता छन भने सबैभन्दा कम ४५० नार्पा भूमी गाउँपालिका मनाङ रहेको आयोगले जनाएको छ।
 

फागुन २७, २०७८ शुक्रबार १८:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।