दुईतिहाइको सरकारमा जंगे भएकाहरु अहिले बुंगे भएर ढोका चाहर्दै हिडेका छन्ः अध्यक्ष ओली

दुईतिहाइको सरकारमा जंगे भएकाहरु अहिले बुंगे भएर ढोका चाहर्दै हिडेका छन्ः अध्यक्ष ओली

पोखरा : एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पीत पत्रकारितालाई छाडेर देशको विकास र समृद्धीलाई बल पुग्ने खालका समाचारलाई प्राथमिकता दिनु पर्ने बताएका छन। 

शुक्रबार पोखरामा प्रेस चौतारी नेपालको नबौं महाधिबेशनको उद्धाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समयमा केही ब्याक्तिहरु पीत पत्रकारिता गरिरहेको भन्दै त्यस्तो खालको पत्रकारिताले देश र जनताको हित नगर्ने उनले बताए। 

उनले संविधासभाबाट जारी भएको संविधानले प्रेस स्वतन्त्रतालाई पूर्ण रूपमा स्वीकारेको बताए। अध्यक्ष ओलीले भने,  ‘प्रेस स्वतन्त्रता होइन। अहिले सामाजिक सञ्जालको व्यापक प्रयोगसँगै अनियन्त्रित स्वतन्त्रताको अवस्थामा पुगेका छौँ । पीत पत्रकारिता अहिलेको आवश्यकता होइन।’ 

उनले अधिकारसँगै आफ्नो कर्तव्यप्रति सजग रहनुपर्नेमा जोड दिँदै देशलाई अगाडि बढाउन, न्याय र सत्यका लागि प्रेस प्रतिबद्ध रहनुपर्ने बताए। ओलीले जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने भन्ने प्रश्न गर्दै अहिले सर्वोच्च अदालतमा गोरु ब्याएको बताए। 

उनले भने, ‘परमादेशको समर्थन गर्ने कि जनादेशको ?। परमादेशका नाममा जनादेशको खिल्लि उडाइएको छ । एमालेलाई एक्ल्याउन सेटिङमा सबै काम भइरहेको छन।

उनले तात्कालिन नेकपाको झण्डै दुईतिहाइको सरकार ढलाएर पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधब नेपाल काँग्रेसको ढोका चिहाउँदै हिडेको आरोप लगाए। ‘झण्डै दुईतिहाइको नेकपाको सरकारमा जंगे भएकाहरु अहिले बुंगे भएर ढोका चाहर्दै हिडेको छन’,उनले भने।,अध्यक्ष ओलीले आगामी निर्वाचनमा लोकतन्त्रवादी र प्रमादेशीहरु बीचको लडाई भएको समेत बताए। 

फागुन २७, २०७८ शुक्रबार १५:४३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।