उत्तर प्रदेशमा बिसएसपीको एक्ला सांसद जसलाई मतदाता रविनहुड भन्छन्
एजेन्सी : सन् २००७ मा उत्तर प्रदेशको विधानसभा निर्वाचनमा मायावतीको बहुजन समाज पार्टी २०६ सिट जेतेर सत्तामा आएको थियो। १५ वर्षकोविचमा उही पार्टी जम्मा एक सिटमा खुम्चिएको छ।
सिट मात्रै हैन उसको भोट प्रतिशत पनि घटेको छ। २०१७ मा उसले २२ प्रतिशत मत पाएको थियो। तर अहिले त्यो १२ दशमलव ८ प्रतिशतमा झरेको छ।
२०२२ को उत्तर प्रदेश विधानसभामा बिएसपीको रसडा विधानसभा सिटका उम्मेदवार उमाशङ्कर सिंहले मात्र जितेका छन्। उमाशंकरले पार्टीको हारका विषयमा आत्म मन्थन गर्ने बताए। उमाशंकरको यो लगातार तेस्रो जीत हो। यो भन्दा अगाडि उनले २०१२ र २०१७ मा जितेका थिए। उनले २०२२ मा भारतीय जनता पार्टीका उम्मेदवारलाई ६ हजारको फरकले जितेका थिए।
उनी ठेकेदार हुन्। उनको क्षेत्रमा उनलाई रविनहुडको रूपमा हेरिन्छ। आफ्नो पार्टीको सरकार नभए पनि उनी आफ्नो क्षेत्रमा चाहेको काम गराउँछन्। अघिल्लो पटक मायावतीले उनलाई विधायक दलको नेता बनाएकी थिइन्। राज्यपालले उनलाई अयोग्य ठहर्याएका थिए। यसको कारण उनी दलको नेता बने पनि सडकको ठेक्का लिइरहेका थिए। उनले सुप्रिम कोर्टमा मुद्दा हालेर निर्णय खारेज गराएका थिए।
फागुन २७, २०७८ शुक्रबार १५:३६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।