पाकिस्तानी भूमिमा भारतीय क्षेप्यास्त्र खस्यो, एयर स्पेस उल्लङ्घन गरेको दावी

एजेन्सीः पाकिस्तानी सशस्त्र सेनाले भारतीय सुपरसोनिक क्षेप्यास्त्र आफ्नो भूमिमा खसेको दावी गरेको छ। स्पुतनिक समाचार एजेन्सीका अनुसार भारतको हरियाणा राज्यको सिरसा शहर नजिकको ईलाकाबाट प्रक्षेपण गरिएको सो क्षेप्यास्त्र पाकिस्तानको पञ्जाब प्रान्तको मियाँ चान्नु शहर नजिकै पाकिस्तानी वायुसेनाले भेटाएको छ।
क्षेप्यास्त्र भारतीय सीमाबाट १२४ किलोमिटर पर पाकिस्तानको भूमिमा बुधबार खसेको दावी गरिएको छ।
साँझ ६:४३ बजे (१३:४३ जीएमटी)मा ४० हजार फिटमा उच्च गतिको उडान भर्दै गरेको सो क्षेप्यास्त्र पाकिस्तानी सेनाले पत्ता लगाएको थियो।
रुसी समाचार एजेन्सीले पाकिस्तानी सशस्त्र सेनाका प्रवक्तालाई उद्धृत गर्दै बताएअनुसार सो क्षेप्यास्त्रले आफ्नो प्रारम्भिक मार्गबाट अचानक पाकिस्तानी क्षेत्रतर्फ उडेको र पाकिस्तानको एयर स्पेस उल्लङ्घन गरेको थियो।
पाकिस्तानको सो दावीप्रति हालसम्म न त भारतीय सेना न त रक्षा मन्त्रालयले नै कुनै प्रतिक्रिया दिएको छ।
फागुन २७, २०७८ शुक्रबार १३:५७:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।