'डाबर वाटिका नेचुरल श्याम्पु' नेपाली बजारमा 

'डाबर वाटिका नेचुरल श्याम्पु' नेपाली बजारमा 

काठमाडौँ : डाबर नेपालले 'वाटिका नेचुरल श्याम्पु' सार्वजनिक गरेको छ। काठमाडौँमा भएको एक कार्यक्रमकाबीच 'डाबर वाटिका न्याचुरल स्याम्पु'को सेलिब्रिटी ब्रान्ड एम्बासडर नायिका स्वस्तिमा खड्काका, डाबर नेपालका व्यापार प्रमुख एचएस बेदी र मार्केटिङ प्रमुख अभय गोर्खाली र ब्रान्ड प्रबन्धक सलिना शर्माद्वारा सार्वजनिक गरिएको हो।

डाबर नेपालले नेपाली स्याम्पु बजारमा आफ्नो उपस्थिति जनाउँदै नेपाली उपभोक्ताहरूलाई उच्च गुणस्तरीय वाटिका
स्याम्पु उपलब्ध गराएको छ । डाबर वाटिका न्याचुरल स्याम्पु तीन वटा भेरियन्टमा पाइन्छ । कम्पनीले 'ब्याक साइन' स्याम्पु कालो र चम्किलो कपालको लागि 'चिक एन्ड लङ स्याम्पु' बाक्लो र लामो कपालको लागि र 'एन्टी डेनरूफ स्याम्पु' चाँयामुक्त कपालको लागि बनाइएको छ ।

हरेक भेरियन्टमा १० वटा प्राकृतिक तत्वले भरिपूर्ण रहेकाले कपालको विशेष समस्याहरूको समाधान गर्छ र कपाललाई नरम बनाउनुका साथै क्लिङसिङ्गर कन्डिसियनिङ दिने कम्पनीले जनाएको छ ।

फागुन २७, २०७८ शुक्रबार १३:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।