२८ वर्षकी जेनिशालाई घाँटी रेटी हत्या गर्ने दुई जना पक्राउ

काठमाडौंः भक्तपुरको नागपोखरी बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-९ नवलडाँडाकी २८ वर्षीया जेनिशा नगरकोटीको हत्याको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। गत सोमबार चाँगुनारायण नगरपालिका-७ बागरेमा तरकारी बारीमा रहेको टहराभित्र घाँटी रेटी हत्या भएको अवस्थामा जेनिशाको शव फेला परेको थियो।
पक्राउ पर्नेहरूमा भक्तपुर नगरपालिका-१० थलाछें बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-२ भकुण्डेवेशी घर भएका ४४ वर्षीय रमेश भन्ने कुमार लामा र भक्तपुर नगरपालिका-८ महेश्वरी बस्ने काभ्रे भुम्लु गाउँपालिका-४ चौवास घर भएका ३८ वर्षीय नवराज रिजाल रहेका छन्।
उनीहरूमाथि भक्तपुर जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा ७ दिन म्याद थप गरी थप अनुसन्धान भइरहेको छ।
फागुन २७, २०७८ शुक्रबार १३:१८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।