क्यानले पाँच युवा खेलाडीलाई तालिमका लागि बेंग्लोर पठाउने

क्यानले पाँच युवा खेलाडीलाई तालिमका लागि बेंग्लोर पठाउने

काठमाडौंः नेपाल क्रिकेट संघ (क्यान)ले पाँच युवा नेपाली खेलाडीलाई तालिमका लागि भारतको बेंग्लोर पठाउने भएको छ। दुई साता लामो तालिमका लागि उनीहरूलाई बेंग्लोर पठाउन लागिएको हो।

तालिमका लागि लोकेशबहादुर बम, गुल्सनकुमार झा, कुशल मल्ल, देव खनाल र मोहम्मद आदिल आलम छनोट भएका छन्। त्यहाँ 'जस्ट क्रिकेट एकाडेमी'मा उनीहरूले तालिम गर्नेछन्।

खेलाडी विकास कार्यक्रमअन्तर्गत उनीहरू भारत जाने भएका हुन्। आजै राति भारततर्फ लाग्नेछन्।

फागुन २७, २०७८ शुक्रबार १२:११:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।