सुनको मूल्य फेरि ६ सयले बढ्यो

काठमाडौंः पछिल्लो केही दिनयता सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ। हिजो बिहीबार तीन हजार पाँच सय रुपैयाँले घटेको सुनको मूल्य आज ६ सय रुपैयाँले बढेको छ।
आज नेपाली बजारमा छापावाल सुनको मूल्य प्रतितोला एक लाख दुई हजार ६ सय रुपैयाँ कायम भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला एक लाख दुई हजार एक सय तोकिएको छ।
आज चाँदीको मूल्य पनि थोरै बढेको छ। आज चाँदी प्रतितोला रु १० ले बढेर एक हजार चार सय १५ पुगेको महासङ्घले जनाएको छ।
हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस एक हजार नौ सय ८८ डलर आसपास कारोबार भइरहेको छ।
फागुन २७, २०७८ शुक्रबार ११:३५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।