रुसी सेनाका मेजर जनरल युक्रेनसँगको युद्धमा मारिएको पुष्टि

रुसी सेनाका मेजर जनरल युक्रेनसँगको युद्धमा मारिएको पुष्टि
तस्बिर: युक्रेनसँगको युद्धमा मारिएका रुसी सेनाका मेजर जनरल आन्द्रेई सुखोवेत्स्की

एजेन्सीः रुसी सेनाका मेजर जनरल आन्द्रेई सुखोवेत्स्की युक्रेनसँगको युद्धका क्रममा मारिएका छन्। रुसको नोभोरोसियस्क शहर सरकारले मार्च ३ मा जारी गरेको विज्ञप्तिमा उनी मारिएको पुष्टि गरिएको छ।

विज्ञप्तिमा, रुसी थल सेनाको ४१औं संयुक्त सशस्त्र सेनाका डेपुटी कमाण्डर सुखोवेत्स्कीको फेब्रुअरी २८ मा युक्रेनमा विशेष अपरेशनको क्रममा मृत्यु भएको बताइएको छ।

सुखोभेत्स्कीले यसअघि उत्तरी ककेशस क्षेत्र र सिरियामा रुसी सेनाको अपरेशनका क्रममा सेवा गरेका थिए।

फागुन २७, २०७८ शुक्रबार ११:१४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।