आजदेखि पोखरामा प्रेस चौतारीको महाधिवेशन, अध्यक्षको आकांक्षीमा पाण्डे र नेपाल

पोखराः प्रेस चौतारी नेपालको नवौं राष्ट्रिय महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ। दुई दिनसम्म चल्ने महाधिवेशनको उद्घाटन एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन्।
चौतारीको महाधिवेशन नीति र नेतृत्त्वको हिसावले महत्त्वपूर्ण रहेको महाधिवेशन मूल व्यवस्थापन समितिका सञ्योजक गणेश पाण्डेले बताए। उनले भने, ‘नवौं महाधिवेशन नीति र नेतृत्त्वको हिसावले महत्त्वपूर्ण रहेको छ। हामीले महाधिवेशनमा सञ्चार क्षेत्रको मुद्दाका बारेमा गहन ढंगले छलफल गर्छौं।’
महाधिवेशनबाट सर्वसम्मत ढंगले नयाँ नेतृत्त्व चयन हुने सञ्योजक पाण्डेले बताए। महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले जानकारी दिए। उनले महाधिवेशनमा भाग लिन देशभरका एक हजार ५० जना प्रतिनिधि र सल्लाहकार लगायतका अन्य पदाधिकारी पोखरा आएको बताए।
महाधिवेशनमा ११ जना पत्रकारलाई पुरस्कृत गरिने कार्यक्रम समेत रहेको अध्यक्ष गिरीले बताए। उनका अनुसार हृदयचन्द्रसिंह प्रधान पत्रकारिता पुरस्कार २०७७ बाट प्रेस चौतारीका पूर्वअध्यक्ष राजेन्द्र अर्याल र २०७८ बाट अर्का पूर्वअध्यक्ष गगन विष्टलाई सम्मानित गरिने छ।
अग्निशिखा पत्रकारिता पुरस्कार २०७७ कृष्ण विनोद लम्साल र २०७८ बाट झलक सुवेदीलाई पुरस्कृत गरिनेछ। डेकेन्द्र थापा पत्रकारिता पुरस्कार २०७७ सागर पण्डित र २०७८ हिरा परियारलाई सम्मान गरिने छ।
त्यस्तै वीरेन्द्र साह क्रियाशील पत्रकारिता पुरस्कार २०७७ बाट केपी गौत म र २०७८ बाट अनुप तिवारी, चन्द्र न्यौपाने र शान्तिराम कार्की पत्रकारिता पुरस्कारबाट शान्ति गुरुङलाइ सम्मान गरिने छ। त्यस्तै पदम लक्ष्मी सावित्री स्मृति पत्रकारिता पुरस्कार २०७७ अब्दुल्ला मियाँ र २०७८ शिवराज भट्टलाई प्रदान गरिने छ।
महाधिवेशनमा देशभरका झण्डै एक हजार दुई सय पत्रकारको सहभागिता रहनेछ। चौतारीको नेतृत्त्वका लागि गणेश पाण्डे, माधव नेपालले आकांक्षा देखाएका छन्।
फागुन २७, २०७८ शुक्रबार १०:५४:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।