ताप्लेजुङ आगलागीमा परी एक वृद्धाको मृत्यु

ताप्लेजुङः जिल्लाको सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागीमा परी एक जनाको मृत्यु भएको छ। आगलागीमा घाइते भएकी मैवाखोला गाउँपालिका घर भई शिव मादेनको घरमा डेरा गरी बस्नेत ६७ वर्षीय वृद्धा चुलीमाया लिम्बूको उपचारका क्रममा मृत्यु भएको हो।
उनको जिल्ला अस्पताल ताप्लेजुङमा निधन भएको हो। प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलका अनुसार आगलागीबाट शिव मादेनको घर पूर्णरूपमा जलेको छ। यस्तै रवीन्द्र लिम्बूको घरमा आंशिक क्षति पुगेको छ।
स्थानीय, नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बलको सहयोगमा आगो नियन्त्रणमा आएको प्रजिअ पोखरेलले बताए। कोप्चे बजारमा बिहान ८ बजे अचानक आगलागी सुरु भएको थियो।
फागुन २७, २०७८ शुक्रबार १०:१५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।