ताप्लेजुङ सदरमुकाममा आगलागी, एक घर जल्यो अरू जोखिममा

ताप्लेजुङः जिल्ला सदरमुकाम फुङलिङस्थित कोप्चे बजारमा आगलागी भएको छ। आज बिहान ८ बजेबाट आगलागी भएको हो।
एउटा घरबाट अचानक सुरु भएको आगलागी अझै नियन्त्रणमा आएको छैन। आगलागीबाट एक घर जलेको छ भने अरू घर जोखिममा परेका छन्। आगलागी नियन्त्रणका लागि हाल स्थानीय र सुरक्षाकर्मी खटिएका छन्। आगलागी नियन्त्रणका लागि फुङलिङ नगरपालिकाको दमकल पुगेको छ।
जस्ताले छाएको घरमा आगलागी भएका कारण अन्यत्र सल्किए कोप्चे बजार पूरै जोखिममा पर्ने देखिन्छ। क्षतिको थप विवरण आउन बाँकी नै छ।
फागुन २७, २०७८ शुक्रबार ०९:२५:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।