विद्यार्थीको मृत्यु प्रकरण: प्रहरीले जाहेरी लिन नमानेको भन्दै डुम्रे–बेंसीशहर सडक पुनः अवरुद्ध

विद्यार्थीको मृत्यु प्रकरण: प्रहरीले जाहेरी लिन नमानेको भन्दै डुम्रे–बेंसीशहर सडक पुनः अवरुद्ध

लमजुङः सुन्दरबजार–९ स्थित मर्स्याङ्दी नदीमा पौडी खेल्ने क्रममा तनहुँको भानु नगरपालिका–९का १७ वर्षीय सनिज श्रेष्ठको मङ्गलबार मृत्यु भएको घटनामा स्थानीयले पुनः सडक अवरुद्ध पारेका छन्। स्थानीयको अवरोधका कारण डुम्रे-बेंसीशहर सडकखण्ड अवरुद्ध बनेको छ।

यसअघि उत्पन्न परिस्थितिलाई मध्यनजर गर्दै जिल्ला प्रशासनले निषेधाज्ञा समेत जारी गरेको थियो। तर कानूनअनुसार अगाडि बढ्ने र विरोध प्रदर्शन नगर्ने सहमति भएसँगै बुधबार गरिएको आन्दोलन स्थानीयले फिर्ता लिएका थिए।

यद्यपि, बिहीबार साँझदेखि बाइसजाँगरमा स्थानीयले पुनः सडक अवरुद्ध पारेका छन्।

पीडित परिवारले फ्युचर स्टार आवासीय माध्यमिक विद्यालयका सञ्चालक बाबुराम पौडेल, वार्डेन सरोज अमलिया र एक विद्यार्थीविरुद्ध बिहीबार प्रहरीमा कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिए पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको भन्दै सडक अवरुद्ध पारेका हुन्।

विद्यालयका छात्रावासमा बसेर अध्ययन गर्दै आएका श्रेष्ठको आफन्तलाई जानकारी नदिई छात्रावासबाहिर पौडी खेल्न पठाएको, आफन्तलाई थाहा नदिई शव लगेको पीडित पक्षको आरोप छ।

फागुन २७, २०७८ शुक्रबार ०८:५४:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।