आज पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौंः मौसम पूर्वानुमान महाशाखाले आज देशका पहाडी भूभागमा चट्याङसहित वर्षाको सम्भावना रहेको जनाएको छ। हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको न्यून प्रभाव रहेका कारण केही स्थानमा वर्षा हुन लागेको हो।
यतिबेला देशको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही अन्य भूभागमा मौसम सामान्यतया सफा रहने छ। देशको पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन/चट्टयाङ्सहित हल्का वर्षाको सम्भावना रहेको छ।
गण्डकी, बागमती र प्रदेश १ को उच्च हिमाली भूभागको एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति पनि यही मौसमी प्रणाली रहनेछ।
फागुन २७, २०७८ शुक्रबार ०७:४६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।