अप्रेशन बाइक हन्टको ट्र्यापमा परे पाँच जना, मोटरसाइकल चोर्दै बेचेको आरोप, पाँच वटा बाइक फेला पर्यो

काठमाडौँ : प्रहरीले काठमाडौँमा मोटरसाइकल चोरीमा संलग्न समूहको खोजी गर्न सुरु गरेको अप्रेशन बाइक हन्टबाट पाँच जनालाई पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौँले उनीहरूलाई काठमाडौँको विभिन्न स्थानमा पक्राउ गरेको हो।
फागुन ६ मा महानगरीय प्रहरी प्रभाग कोटेश्वरको टोलीले चेकजाँचको क्रममा एउटा शङ्कास्पद मोटरसाइकल फेला पारेको थियो। सो मोटरसाइकल चोरीको भएको खुलेपछि अनुसन्धान गर्दै जाँदा थप २ वटा मोटरसाइकल फेला परेको थियो।
सोही अप्रेसनलाई निरन्तरता दिँदा उनीहरूले बौद्ध तथा गोकर्णेश्वर नगर पालिकाको विभिन्न स्थानबाट मोटरसाइकल चोरी गरेर विक्री गर्ने गिरोह रहेको सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरी टोलीले बाहुनधाराबाट थप पाँच जनालाई पक्राउ गरेको थियो।
पक्राउ पर्नेहरूमा १८ देखि २४ वर्षका छन्। प्रहरीले सुरेश श्रेष्ठ, सुरज श्रेष्ठ, योगराज लिम्बु, दिनेश मगर र विशाल रानालाई पक्राउ गरेको हो। उनीहरूबाट प्रहरीले पाँच वटा मोटरसाइकल र २ वटा साइकल समेत फेला पारेको छ।
प्रहरीले इन्जिन नम्बर J LYCLM52086, च्यासिस नं.MD2A36FY8LCM86669 भएको पल्सर NS 200 CC, रातो रङको बाग्मती प्रदेश-०२-०२३प-२०२१ नम्बरको, इन्जिन नं.JLXCLG26438, च्यासि नं. MD2A36FX8LCG94570 भएको पल्सर NS 200 CC, कालो रङको बाग्मती प्रदेश-०२-०१२प ८३२२ नम्बरको मोटरसाइकल फेला परेको जनाएको छ।
यसैगरी इन्जिन नं.JLXCMA36037NS, च्यासिस नं. MD2A36FX9MCA83812 भएको पल्सर, 200CC, सेतो रङको बाग्मती प्रदेश-००२-०२८प९६१३ नं.को मोटर साइकल, इन्जिन नं.JLXCMM26403, च्यासिस नं. MD2A36FX1MCM81880 भएको पल्सर NS,200CC, रातो रङको बाग्मती प्रदेश-००२-०२३-प २०२१ नं.को मोटरसाइकल र इन्जिन नं. 8500M, च्यासिस नं. ME1RG5253L0063756 भएको Yamaha v3 रातो बाग्मती प्रदेश -००२-०२३प-६४५१ नं.को मोटर साइकल समेत फेला पारेको जानकारी दिएको छ।
काठमाडौँ परिसरका प्रवक्ता दिनेशराज ज्ञवालीका अनुसार उनीहरूमाथि मुलुकी अपराध संहिता, २०७४ को परिच्छेद २० को दफा २४१ अनुसार चोरी सम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालत काठमाण्डौबाट सात दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ।
मोटरसाइकल र साइकल धनीहरूलाई आवश्यक कागजातसहित महानगरीय प्रहरी वृत्त बौद्धमा सम्पर्क राख्न प्रहरीले अनुरोध गरेको छ।
फागुन २६, २०७८ बिहीबार २१:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।