उत्तर प्रदेशमा चलेन 'बिकिनी गर्ल' अर्चनाको जादु

काठमाडौं : भारतको उत्तर प्रदेश सभा चुनावमा एक पटक पुन: योगी सरकारको पक्षमा जनमत देखिएको छ। उत्तर प्रदेशको चुनावी नतिजा अनुसार भारतीय जनता पार्टीकै सरकार बन्ने पक्का भएको छ।
युपी विधान सभा चुनावमा कांग्रेसकी सबैभन्दा चर्चित अनुहार मोडेल अर्चना गौतमलाई भने मतदाताले इन्कार गरिदिएका छन्।
अर्चना कांग्रेसको टिकटबाट मेरठको हस्तिनापुर सिटबाट चुनाव लडेकी थिइन्। उनले सन् २०१८ मे मिस बिकिनी गर्ल इन्डियाको अवार्ड जितेकी थिइन्। तर उनको शरीरको जादु राजनीतिमा भने चल्न सकेन। उनले जमानत समेत जोगाउन सकिनन्।
समाचार अनुसार जब कांग्रेसले बिकिनी गर्ल अर्चनालाई टिकट दियो, त्यतिबेलै ठूलो विरोध भएको थियो। हिन्दु संगठनहरुले अर्चनालाई टिकट दिएकोमा विरोध गरेका थिए। टिकट पाएपछि उनी सोसल मिडियामा ट्रेन्ड भएकी थिइन्।
फागुन २६, २०७८ बिहीबार १८:४१:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।