साताको कारोबारको अन्तिम दिन सेयर लगानीकर्तालाई राहत

साताको कारोबारको अन्तिम दिन सेयर लगानीकर्तालाई राहत

काठमाडौँ : साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजारले लगानीकर्ताहरूलाई केही राहत दिएर बन्द भएको छ। निरन्तर ओरालो लागिरहेको बजार बिहीबार ५२ दशमलव २१ अङ्कले बढेर बन्द भयो।

योसँगै यो साता नेप्से दुई हजार पाँच सय ६६ दशमलव ७९ विन्दुमा पुग्यो। बिहीबार अधिकांश समूहका सेयर उकालो चढ्यो। बिमा, विकास बैङ्क, फाइनान्स र जलविद्युत् समूहको सेयर उच्च अङ्कले बढेको थियो।

बिहीबारको कारोबारमा २ सय २६ वटा कम्पनीका ५६ लाख १० हजार कित्ता सेयर किनबेच भएको थियो। यसरी कारोबार रकम २ अर्ब ७९ करोड १८ लाख रुपैयाँ पुग्यो। अपी पावर कम्पनीको सबैभन्दा धेरै १६ करोड ६५ लाख रुपैयाँको सेयर किनबेच भएको थियो।

इमर्जिङ नेपाल हाइड्रोको सेयरमा सकारात्मक सर्किट लागेको थियो।

फागुन २६, २०७८ बिहीबार १७:२९:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।