गन्न सजिलो होस् भनेर मतपत्र हरियो बनाउने निर्णय भएको आयोगको दाबी

गन्न सजिलो होस् भनेर मतपत्र हरियो बनाउने निर्णय भएको आयोगको दाबी

काठमाडौँ : मतपत्रको रङ्ग हरियो बनाउने निर्णयको प्रमुख प्रतिपक्षी दल एमालेले चर्को विरोध गरिरहेको बेला निर्वाचन आयोगले गणकलाई मत गन्दा सहज हुने भएकाले रङ्ग परिवर्तन गर्ने निर्णय गरेको बताएको छ।

बिहीबार नियमित पत्रकार सम्मेलनमा बोल्दै आयोगका सूचना अधिकारी सूर्यप्रसाद अर्यालले मत गन्दा सजिलो होस् भनेर चुनाव चिन्ह र स्वस्तिक छापको रङ्ग अलग बनाउने निर्णय भएको बताए।

चुनाव चिह्न र स्वस्तिक छापको रङ एउटै हुँदा रातको समयमा गन्न अप्ठ्यारो भएको भन्दै उनले वैशाख ३० मा हुने स्थानीय तहको निर्वाचनमा भिन्न रङ बनाउन खोजेको बताए।

आयोगले चुनाव चिह्नको रङ हरियो बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सार्वजनिक कार्यक्रममा नेपाली कांग्रेसको प्रभावमा परेर रङ्ग परिवर्तन गर्न खोजेको र आफ्नो दललाई स्वीकार नभएको बताएका थिए।

त्यसको प्रतिउत्तरमा काँग्रेसका नेताहरूले विभाजित भएको कम्युनिस्टहरू हरियो रङसँग डराएको प्रतिक्रिया दिएका थिए।

फागुन २६, २०७८ बिहीबार १७:१०:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।