एक कमेडियन जो सम्हाल्न जाँदैछन् पन्जाब सरकारको नेतृत्व
एजेन्सी : दिल्लीमा गरेको काम अनि पन्जाबका लागि गरेको वाचाका कारण आदम आदमी पार्टी पन्जाबमा सरकार बनाउने आँकडामा अगाडि बढिरहेको छ। आपका विश्वस्त नेता भगवन्त मानलाई मुख्यमन्त्रीको उम्मेदवार घोषणा गरेर अगाडि बढेको आमले यस अगाडि सरकार बनाएको कांग्रेसलाई राम्रै धक्का दियो भने भारतीय जनता पार्टीले आफ्नो विश्वास फर्काउन सकेन।
सर्वसाधारणसँग मुख्यमन्त्रीको उम्मेदवारबारे मत बुझेर भगवन्तलाई उम्मेदवार बनाउने घोषणा गर्दै अरविन्द केजरीवालाले ट्विट गरेका थिए' पन्जाबमा आम आदमी पार्टीको तर्फबाट मुख्यमन्त्रीको दाबेदार बनेकोमा भगवन्त सिंहलाई बधाई। पुरा पन्जाबले आम आदमी पार्टीलाई एक आशको रूपमा हेरिरहेका छन्। यो ठुलो जिम्मेवारी हो र मलाई आशा छ भवन्तले पन्जाबीहरूको अनुहारमा मुस्कान फर्काउने छन्।'
भगवन्त एक कमेडियन कलाकार हुन्। पार्टीको पन्जाब इकाइका अध्यक्ष समेत रहेका उनी संगरुरबाट दोस्रो पटक पनि लोकसभामा निर्वाचित भएका थिए। सन् २०१४ बाट आम आदमी पार्टीमा सहभागी भएका उनी पार्टीका स्टार प्रचारकमध्ये एक हुन्। उनी सन् २०२२ को विधान सभा निर्वाचनमा पार्टीबाट पुरै पन्जाबमा प्रभाव पार्न सक्ने एक्ला नेता हुन्। यसलाई कतिले पार्टीको कमजोरीको रूपमा पनि हेरेका छन्। कतिले सबैभन्दा बलियो शक्तिको रूपमा हेरेका छन्।
आम आदमी पार्टी पन्जाब इकाइका मिडिया सल्लाहकार एवं पूर्व पत्रकार मन्जित सिंह सिद्दु भगवन्तका सहपाठी समेत हुन्। उनमा रहेको सकारात्मक गुणमध्ये उनी आफ्नो कुरा प्रस्ट राख्न सक्छन्। जसरी उनी हजारौँ जनालाई एकै पटक सम्बोधन गरेर आफ्ना कुरा बुझाउन सक्छन् त्यसरी नै २-४ जनालाई पनि उही शक्तिका साथ सम्बोधन गर्न सक्छन्।
उनको परिचय कमेडियन र नेताको रूपमा छ। तर उनी कवि समेत हुन्। तर उनले अहिलेसम्म कविता सङ्ग्रह प्रकाशित गरेका छैनन्। उनको अर्को विशेषता भनेको उनी आफ्नो सम्पर्कमा आएकाहरूको मोबाइल नम्बर नटिपीकन कन्ठ पार्न सक्छन्।
पत्रिका र रेडियोमा उनको विशेष मोह छ। उनी पत्रिकामा छापिएका सानो समाचार पनि नछोडी पढ्छन्। त्यसले उनलाई हरेक गाउँको साना समस्याबारे पनि जानकारी छ।
भाषण गर्नु उनको सानै देखिको बानी थियो। कलाकार बन्ने कि नेता उनी अन्योलमै थिए। उनले आफ्नो कलामार्फत निरन्तर राजनीतिमाथि ब्यङग्य गरिरहे। उनले पत्रिकामा नियमित लेख समेत लेख्न थाले। उनी सन् २०११ मा पन्जाबमा पिपुल्स पार्टीमा सहभागी भए। उनी पिपिइको संस्थापकमध्ये एक हुन्। उनी पटक-पटक निर्वाचनमा पराजित भएपछि कांग्रेसमा जाने तयारीमै थिए। एकाएक सन् २०१४ मा आपमा सहभागी भए।
फागुन २६, २०७८ बिहीबार १६:४८:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।