म्यादी प्रहरीमा भर्ना खुलेको छैनः नेपाल प्रहरी

म्यादी प्रहरीमा भर्ना खुलेको छैनः नेपाल प्रहरी

काठमाडौँ : नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि म्यादी प्रहरीमा भर्ना नखुलेको बताएको छ। बुधबार म्यादी प्रहरीमा भर्ना खुला गरिएको भन्दै गलत सूचना सामाजिक सञ्जालमा भाइरल भएपछि प्रहरी प्रधान कार्यालयले आज (बिहीबार) एक सूचना जारी गर्दै भर्नासम्बन्धी हालसम्म कुनै सूचना प्रकाशित नगरिएको स्पष्ट पारेको हो। 

‘स्थानीय तह निर्वाचन २०७९ को लागि सुरक्षार्थ आवश्यक पर्ने 'म्यादी प्रहरी' भर्ना सम्बन्धी सूचना जारी भएको भनी सामाजिक सञ्जालमा राखिएको पाइएकोले प्रहरी प्रधान कार्यालयबाट हालसम्म त्यस्तो सूचना प्रकाशित–प्रसारित नगरिएको व्यहोरा जानकारी गराउँदछौं’।,आवश्यक पर्ने म्यादी प्रहरी भर्ना सम्बन्धी सूचना नेपाल प्रहरीको वेवसाइट र सार्वजनिक संचार माध्यममा भविष्यमा प्रकाशित हुने व्यहोरा समेत जानकारी गराउँदछौं।’ प्रहरी प्रवक्ता विष्णु कुमार केसीद्धारा जारी गरेको विज्ञप्तिमा भनिएको छ।

फागुन २६, २०७८ बिहीबार १६:४६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।