कोरोना अपडेटः ९ हजार बढीको परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि

कोरोना अपडेटः ९ हजार बढीको परीक्षण गर्दा ११२ जनामा संक्रमण पुष्टि

काठमाडौँ : पछिल्लो २४ घण्टामा नेपालमा थप ११२ जनामा कोरोना पुष्टि भएको छ। आज देशभर पिसिआर परिक्षणबाट ७७ र एन्टीजेन परिक्षणबाट ३५ जना गरि कुल ११२ जना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हाे। 

६ हजार ८०१ पिसिआर र २५२७ नमुना एन्टीजेन परिक्षण गरि कुल ९ हजार ३२८ जनाको परीक्षण भएको मन्त्रालयले जानकारी दिएको छ। त्यस्तै पछिल्लो २४ घण्टामा ४२९ जना संक्रमण मुक्त भएका छन्। देशभर अहिले १०६ जना क्वारेन्टाइनमा छन्।  

नेपालमा हाल सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३४० पुगेका छन्। आज कोरोनाबाट कसैको मृत्यु भएको छैन। नेपालमा कोरोनाबाट अहिलेसम्म ११ हजार ९४९ जनाको मृत्यु भएको छ। 
 

फागुन २६, २०७८ बिहीबार १५:५६:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।