सिध्दुले चुनाव हारे, कांग्रेस अध्यक्षबाट राजीनामा

काठमाडौं : पञ्जावका कांग्रेस अध्यक्ष नवजोतसिंह सिध्दु विधान सभा चुनावमा पराजित भएका छन्। उनी आम आदमी पार्टीकी उम्मेदवार जीवनज्योत कौरसँग पराजित भएका हुन्।
विधान सभा सदस्यमा पराजित भएलगत्तै सिध्दुले पञ्जाव कांग्रेसको अध्यक्षबाट राजीनामा दिएका छन्।
आम आद्मी पार्टीले पञ्जावमा आफ्नो झन्डा गाडेको छ। कुल ११७ सिट रहेको पञ्जाव विधान सभामा करिब ९० मा सिट जितेर आम आद्मीले स्पष्ट बहुमत हासिल गर्ने पक्का भएको छ।
त्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भारतीय जनता पार्टीको सरकार बन्ने देखिएको छ। यी तीन वटै प्रान्तमा भारतीय जनता पार्टीका उम्मेदवार अगाडि छन्।
फागुन २६, २०७८ बिहीबार १५:१६:०० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।