पञ्जावमा आम आदमीले झण्डा गाड्यो, युपी, उत्तराखण्ड र गोवामा भाजपाको पल्लाभारी

पञ्जावमा आम आदमीले झण्डा गाड्यो, युपी, उत्तराखण्ड र गोवामा भाजपाको पल्लाभारी

काठमाडौं : भारतको विधान सभा चुनाव अन्तर्गत आम आद्मी पार्टीले पञ्जावमा आफ्नो झन्डा गाडेको छ। कुल ११७ सिट रहेको पञ्जाव विधान सभामा करिब ९० मा सिट जितेर आम आद्मीले स्पष्ट बहुमत हासिल गर्ने पक्का भएको छ।

पञ्जावमा नवजोत सिंह सिध्दुले अमृतसर इस्टबाट चुनाव हारेका छन्। सिध्दु पञ्जाव कांग्रेसका अध्यक्ष समेत हुन्। यो क्षेत्रबाट आम आद्मी पार्टीकी जीवनज्योत कौर विजयी भएकी छन्।

यस्तै पञ्जावबाट मुख्यमन्त्री चरणजीत सिंह चन्नीले पनि दुवै सिटमा चुनाव हारेको एजेन्सीले जनाएको छ।

उत्तर प्रदेश, उत्तराखण्ड, गोवा र मणिपुरमा भने भारतीय जनता पार्टीको सरकार बन्ने देखिएको छ। यी तीन वटै प्रान्तमा भारतीय जनता पार्टीका उम्मेदवार अगाडि छन्।

फागुन २६, २०७८ बिहीबार १४:५३:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।