गोली हानी  एकै परिवारका १० जनाको हत्या

गोली हानी  एकै परिवारका १० जनाको हत्या

एजेन्सी : मेक्सिकोमा गोली हानेर एकै परिवारका १० जनाको हत्या गरिएको छ। मेक्सिकोको एट्लिक्समा बस्तीको बुधबार उक्त घटना भएको समाचारमा जनाइएको छ। 

सहरको एक निजी बस्तीमा भएको सो हत्याकाण्डमा तीन जना महिला पनि रहेका बताइएको छ। 

सो घटनामा लागू औषधका कारोबारीहरुको हात रहेको पुएबला प्रान्तको न्यायाधिवक्ताको कार्यालयले जनाएको छ। मारिएका नौ जनालाई नै टाउको, खुट्टा र छातीमा गोली हानिएको त्यहाँको प्रहरीले जनाएको छ। 

हत्या गरिएको सो घरको वरपर यसअघि पनि लागू पदार्थको किनबेच गर्ने गरिएको थियो। त्यसैले यो हत्याकाण्ड पनि लागू पदार्थको किनबेचमा संलग्न समूहरुको झगडाका कारण हुनसक्ने अनुमान गरिएको प्रहरीले जनाएको छ।

फागुन २६, २०७८ बिहीबार १४:४५:०० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।